सर्लाहीमा सामाजिक अभियन्ता दिपेश कुमार महतोद्वारा निःशुल्क ट्युसन सेन्टर सञ्चालन
By आगो संवाददाता

सर्लाहीमा सामाजिक अभियन्ता दिपेश कुमार महतोद्वारा निःशुल्क ट्युसन सेन्टर सञ्चालन
सर्लाही — सामाजिक अभियन्ता दिपेश कुमार महतो (कुशवाहा) ले सर्लाही जिल्लामा विगत तीन वर्षदेखि निःशुल्क ट्युसन सेन्टर सञ्चालन गर्दै आउनुभएको छ। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यस अभियानले स्थानीय स्तरमा सकारात्मक प्रभाव पारेको छ।
महतोका अनुसार ट्युसन सेन्टरमा हाल नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी छन्। यस शैक्षिक अभियानमा विशेषगरी दलित तथा गरिब समुदायका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ। सीमित स्रोतसाधनका बीच सञ्चालन भइरहेको भए पनि सेन्टरमा नियमित रूपमा पढाइ हुँदै आएको उहाँले बताउनुभयो।
उहाँका अनुसार अभियान सुरु भएदेखि हालसम्म करिब २ हजारभन्दा बढी विद्यार्थीहरूले यस ट्युसन सेन्टरबाट लाभ लिइसकेका छन्। शिक्षा नै सामाजिक परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै महतोले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले यो अभियान थालेको बताउनुभयो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?



प्रतिक्रिया