लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services

राजनीति

नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि आठ जना
नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि आठ जना
२३ पौष, २०८२

१८ सदस्यका लागि हुने निर्वाचनमा एमालेले आठ जनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पार्टीका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल तथा गण्डकी प्रदेशबाट सम्झना देवकोटा राष्ट्रिय सभा उम्मेदवार बनेका छन्। यसैगरी लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लिला भण्डारीलाई उम्मेदवार बनाइएको छ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन आह्वान गर्ने
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन आह्वान गर्ने
१७ पौष, २०८२

विशेष महाधिवेशनका मागकर्ताहरूले पुस २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने तयारी तीव्र बनाएका छन्। महाधिवेशन स्थलका रूपमा भृकुटीमण्डप तय गरिएको छ। विशेष महाधिवेशनको अगुवाइ गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार महाधिवेशन सम्पन्न गर्न विभिन्न तयारी समितिहरू गठन गर्ने तयारी भइरहेको छ। यसैबीच, महामन्त्री थापाले महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको लेखन कार्यसमेत सुरु गरिसकेको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनबारे औपचारिक जानकारी गराइने जनाइएको छ। कांग्रेसको विधान अनुसार केन्द्रीय समितिले आवश्यकता ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। लिखित प्रस्तावका आधारमा केन्द्रीय समितिलाई आह्वानका लागि आग्रह गरिँदै आए पनि समिति स्वयंले पहल नगरेपछि महामन्त्रीहरूले अघि बढ्ने निर्णय गरेका हुन्।

विशेष महाधिवेशनको मिति तय भएपछि कांग्रेसको कार्यसम्पादन समिति बैठक आह्वान
विशेष महाधिवेशनको मिति तय भएपछि कांग्रेसको कार्यसम्पादन समिति बैठक आह्वान
१७ पौष, २०८२

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति तय गरेपछि बैठक बोलाइएको हो।

रवि, बालेन र कुलमानबीच सहमति, तीनै नेता आगामी चुनाव RSP बाट लड्ने
रवि, बालेन र कुलमानबीच सहमति, तीनै नेता आगामी चुनाव RSP बाट लड्ने
१४ पौष, २०८२

काठमाडौँमा राष्ट्रिय राजनीतिमा नयाँ समीकरण देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच आगामी निर्वाचनका सन्दर्भमा महत्वपूर्ण सहमति भएको छ। सहमतिअनुसार तीनै नेता आगामी चुनाव राष्ट्रिय स्वतन्त्र पार्टीकै ब्यानरबाट प्रतिस्पर्धा गर्ने भएका छन्।

बालेन र रबिको एकता : राजनीतिक गठबन्धन या अनुमान?
बालेन र रबिको एकता : राजनीतिक गठबन्धन या अनुमान?
१३ पौष, २०८२

एकता सम्बन्धी बैठक र छलफलको अवस्था राजधानीमा भएको वार्तामा बालेन शाह र रबि लामिछानेबीच ७ बुँदे एकता सहमति सहमति–पत्रमा हस्ताक्षर भएको भन्ने समाचार स्थानीय स्रोतमा देखिएको छ। यस सहमति–पत्रले अधिक व्यापक राजनीतिक एकता तिरको दिशा संकेत गरेजस्तै देखिएको छ।�