रवि, बालेन र कुलमानबीच सहमति, तीनै नेता आगामी चुनाव RSP बाट लड्ने
By आगो संवाददाता

काठमाडौँमा राष्ट्रिय राजनीतिमा नयाँ समीकरण देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच आगामी निर्वाचनका सन्दर्भमा महत्वपूर्ण सहमति भएको छ। सहमतिअनुसार तीनै नेता आगामी चुनाव राष्ट्रिय स्वतन्त्र पार्टीकै ब्यानरबाट प्रतिस्पर्धा गर्ने भएका छन्।
कमलपोखरीस्थित असिम शाहको कार्यालयमा सम्पन्न छलफलले यस त्रिपक्षीय सहकार्यलाई औपचारिकता दिएको हो। यसअघि बौद्धस्थित अन्तरा होटलमा भएको भेटघाटपछि कुलमान घिसिङलाई छलफलमा सहभागी गराइएपछि तीन नेताबीच गहन संवाद भएको बताइएको छ।
उक्त सहमतिमा जेन–जी अगुवा सुदन गुरुङले समन्वयकर्ताको भूमिकामा निर्णायक योगदान पुर्याएको स्रोतले जनाएको छ। नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेताहरूबीच सहकार्यको वातावरण बनाउन सुदन गुरुङले ऐतिहासिक भूमिका निर्वाह गरेको बताइएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?



























प्रतिक्रिया