सिंहदरबार जलाउनेहरूको उद्देश्य पूरा गर्न चुनाव गराइँदैछ : कोमल वली
By आगो संवाददाता

तुलसीपुर, १३ माघ
नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वलीले सिंहदरबार जलाउने समूहको उद्देश्य पूरा गर्न चुनाव गराउन लागिएको आरोप लगाउनुभएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको समन्वय तथा जिल्ला समितिको आयोजनामा दाङको तुलसीपुरमा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
वलीले भन्नुभयो, “यो चुनाव असामान्य परिस्थितिमा हुन लागेको छ। बन्दुकको नालबाट गरिन लागेको यो चुनाव सिंहदरबार जलाउनेहरूको उद्देश्य पूरा गर्नका लागि हो। राष्ट्र र राष्ट्रियता, शान्ति र प्रतिक्रान्ति गर्ने शक्तिहरूबीच यो चुनाव हुँदैछ।” नेकपा एमालेबाट दाङ क्षेत्र नं. ३ की समानुपातिक उम्मेदवारसमेत रहनुभएकी वलीले नागरिकहरूलाई विवेकपूर्ण निर्णय लिन आग्रह गर्नुभयो।
उहाँले अन्तर्राष्ट्रिय तत्त्वहरूको क्रिडास्थल बनाउने उद्देश्यले सक्रिय गिरोहले देशको राष्ट्रियता, स्वाधीनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने डिजाइनअनुसार चुनाव गराउन खोजेको दाबी गर्नुभयो। विकास र समृद्धिभन्दा पनि देश जलाउने र बनाउने शक्तिहरूबीच यो चुनाव हुन लागेको भन्दै सबै नागरिकले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको उहाँको भनाइ थियो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?






















प्रतिक्रिया