लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
राजनीति११ पौष, २०८२

जाँचबुझ आयोगमा बयान दिन जान्छु: रमेश लेखक

By आगो संवाददाता

जाँचबुझ आयोगमा बयान दिन जान्छु: रमेश लेखक

तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्।

बिहीबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू बयान दिन जाने बताएका हुन्।

‘मलाई जाँचबुझ आयोगले बोलाएको थियो। मैले जाने निर्णय गरेको छु,’ उनले भने।

आयोगले लेखकलाई शुक्रबारका लागि बयानमा बोलाएको थियो। तर लेखकले आफू सोमबार बयानमा आउने खबर पठाएको पनि बताए।

‘उहाँहरूले भोलिका लागि बोलाउनुभएको थियो। मैले सोमबार आउँछु भनेको छु, त्यसदिन जान्छु,’ उनले भने।

जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए।

बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा लेखकलाई अधिकांश नेताहरूले बयानमा जान सुझाव दिएका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर