लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
राजनीति१७ पौष, २०८२

विशेष महाधिवेशनको मिति तय भएपछि कांग्रेसको कार्यसम्पादन समिति बैठक आह्वान

By आगो संवाददाता

विशेष महाधिवेशनको मिति तय भएपछि कांग्रेसको कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं, १७ पुस — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति तय गरेपछि बैठक बोलाइएको हो।
बैठक आह्वान गर्नुअघि पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग परामर्श समेत गरेका थिए। विशेष महाधिवेशनको निर्णयसँगै पार्टीभित्रको आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर