लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
राजनीति२३ पौष, २०८२

नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि आठ जना

By आगो संवाददाता

नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि आठ जना

काठमाडौं, पुस २३ — नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि आठ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। १८ सदस्यका लागि हुने निर्वाचनमा एमालेले आठ जनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पार्टीका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल तथा गण्डकी प्रदेशबाट सम्झना देवकोटा राष्ट्रिय सभा उम्मेदवार बनेका छन्। यसैगरी लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लिला भण्डारीलाई उम्मेदवार बनाइएको छ। पूर्वमाओवादी नेतृ लिला भण्डारीलाई एमालेले राष्ट्रिय सभा उम्मेदवारका रूपमा अघि सारेको हो।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ता आजै भए पनि दलहरूबीच सिट बाँडफाँटको सहमति भने अझै हुन सकेको छैन।
कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि हालसम्म निष्कर्षमा पुग्न सकेको छैन। प्रस्तावित सहमतिअनुसार एमाले र कांग्रेसलाई सात–सात सिट, माओवादी केन्द्रलाई तीन सिट र जसपा नेपाललाई एक सिट दिने चर्चा भए पनि अन्तिम सहमति हुन बाँकी रहेको छ। सहमतिको प्रयास जारी रहेकै अवस्थामा एमालेले उम्मेदवार चयन गरेको जनाएको

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर