ट्रेन्डिङ

आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनुको साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ।

तीन वर्ष अगाडि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा यहाँ ६ लाख ५५ हजार ९ सय ९८ मतदाता थिए । अन्य जिल्लाभन्दा काठमाडौंमा सबैभन्दा बढी १० वटा निर्वाचन क्षेत्र छ ।

साहको मृत्युपछि आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी तथा तोडफोडसमेत गरेका छन्।

सोमबार ६ दशमलव ८ न्यूनतम तापक्रम रहेकामा आज घटेर ४ दशमलव ९ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौंको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए । गत २८ मंसिरमा काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीमा झरेको थियो ।

