ट्रेन्डिङ१३ माघ, २०८२
अरिजित सिंहले प्लेब्याक गायनबाट सन्यास लिएको घोषणा, नेपालसहित विश्वभरका प्रशंसक स्तब्ध
By आगो संवाददाता

काठमाडौं — भारतीय संगीत जगतका चर्चित तथा लोकप्रिय गायक अरिजित सिंहले प्लेब्याक गायनबाट सन्यास लिने घोषणा गरेका छन्। उनको यो निर्णयले नेपालसहित दक्षिण एशियाली संगीतप्रेमीहरूलाई भावुक बनाएको छ।
सामाजिक माध्यममार्फत सार्वजनिक गरिएको सन्देशमा अरिजित सिंहले अब नयाँ फिल्मका लागि प्लेब्याक गायकका रूपमा काम नगर्ने स्पष्ट पारेका छन्। लामो समयदेखि फिल्म संगीतमा सक्रिय रहँदै आएका सिंहले यो यात्रालाई “सुन्दर र सम्झनालायक” भन्दै सबै दर्शक र श्रोतालाई धन्यवाद व्यक्त गरेका छन्।
उनले भनेका छन्, “वर्षौंसम्म दिएको माया र साथका लागि आभारी छु। अब म नयाँ प्लेब्याक प्रोजेक्टहरू नलिने निर्णयमा पुगेको छु। यो एउटा यात्राको अन्त्य हो, तर संगीतसँगको सम्बन्ध भने यथावत् रहनेछ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?













प्रतिक्रिया