लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
ट्रेन्डिङ१७ माघ, २०८२

बालेन्द्र शाहको घरको गेटमा तोडफोड, अज्ञात समूहको संलग्नता

By आभाष रेग्मी

बालेन्द्र शाहको घरको गेटमा तोडफोड, अज्ञात समूहको संलग्नता

माघ, १६ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौंस्थित निजी निवासको गेटमा तोडफोड भएको छ।
प्रहरीका अनुसार शुक्रबार राति अज्ञात समूहले शाहको घरको गेटमा रहेको ग्रिल फुटाएका हुन्। घटनाबारे जानकारी दिँदै प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले तोडफोड भएको पुष्टि गर्नुभएको छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। हालसम्म तोडफोडमा संलग्न व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन।
प्रहरीले घटनास्थल आसपासका सिसिटिभी क्यामेरा फुटेज संकलन तथा विश्लेषण गर्दै दोषी पहिचानको प्रयास गरिरहेको जनाएको छ। साथै, घटनाको उद्देश्य के थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यस घटनापछि शाहको निवास क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर