लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
ट्रेन्डिङ१७ पौष, २०८२

सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु सुनसरीको लौकही बजार तनावग्रस्त

By आगो संवाददाता

सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु सुनसरीको लौकही बजार तनावग्रस्त

सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु
सुनसरीको लौकही बजार तनावग्रस्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सुनसरी । सशस्त्र प्रहरी बलको गोली लागेर एक अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार क्षेत्र तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।
बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री लिएर नेपाल प्रवेश गर्दै गर्दा घर नजिकै सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ। उनलाई दुई राउन्ड गोली लागेको थियो।
घटनापछि गम्भीर घाइते भएका साहलाई उपचारका लागि लगिँदै गर्दा मृत्यु भएको जनाइएको छ।
साहको मृत्युपछि आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी तथा तोडफोडसमेत गरेका छन्।
कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले अवस्था नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए। उनले भने, “स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको हो। अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको छ।”
घटनाबारे थप अनुसन्धान भइरहेको र सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। test

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर