लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
ट्रेन्डिङ१७ पौष, २०८२

काठमाडौंमा थपिए ५८ हजार मतदाता

By आगो संवाददाता

काठमाडौंमा थपिए ५८ हजार मतदाता

काठमाडौँ — संघीय राजधानी काठमाडौंमा ५८ हजार नयाँ मतदाता थपिएका छन् । मतदाता थपिएपछि त्यहीअनुसार ५० वटा मतदान केन्द्रसमेत बढाइएको छ ।

तीन वर्ष अगाडि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा यहाँ ६ लाख ५५ हजार ९ सय ९८ मतदाता थिए । अन्य जिल्लाभन्दा काठमाडौंमा सबैभन्दा बढी १० वटा निर्वाचन क्षेत्र छ ।

पछिल्लो पटक संकलन गरिएको मतदाता नामावलीसहित आयोगले प्रकाशित गरेको मतदाता संख्याअनुसार काठमाडौंमा ७ लाख १० हजार ७ सय ७ जना मतदाता कायम भएका छन् ।

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलन पछाडि १२ असोजदेखि ४ माघसम्म नयाँ मतदाताहरूको नाम संकलन गर्न अभियान चलाइएको थियो । उक्त अवधिमा देशैभर मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर भट्टराईले छोटो अवधिमा राम्रो संख्यामा काठमाडौंमा मतदाता थपिएको बताए ।

मतदाता थपिएपछि मतदान केन्द्र समेत वृद्धि भएको उनले उल्लेख गरे । २०७९ को चुनावमा काठमाडौंमा ७ सय ६७ मतदान केन्द्र रहेकोमा २१ फागुनमा हुने निर्वाचका लागि ८ सय १७ मतदान केन्द्र कायम गरिएको भट्टराईले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर