लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
ट्रेन्डिङ२५ माघ, २०८२

दाङबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस ठोकिदा एकको मृत्यु, धेरै घाइते

By आगो संवाददाता

 दाङबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस ठोकिदा एकको मृत्यु, धेरै घाइते


धादिङ — दाङबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस र काठमाडौँबाट त्रिशुलीतर्फ जाँदै गरेको अर्को बस धादिङको थाक्रे गाउँपालिकास्थित १० किलो क्षेत्रमा आज बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
ठक्करपछि एक बस अनियन्त्रित भई स्थानीयको घरमा छिर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य धेरै यात्रु घाइते भएका छन्।
दुर्घटनापछि स्थानीय बासिन्दा, प्रहरी तथा उद्धार टोलीले घाइतेहरूको उद्धार गरी नजिकका स्वास्थ्य संस्थातर्फ पठाउने काम गरिरहेका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घाइतेहरूको संख्या र अवस्थाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर