फेरि आमनेसामने बालेन र कुलमान, बालुवाटारमा संवाद जारी
By आगो संवाददाता

फेरि आमनेसामने बालेन र कुलमान, बालुवाटारमा संवाद जारी
१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच पुनः संवाद सुरु भएको छ। स्रोतका अनुसार बालुवाटारस्थित एक निजी निवासमा उनीहरूबीच अहिले छलफल चलिरहेको छ।
पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेलगत्तै ऊर्जामन्त्री घिसिङ मेयर शाहसँग संवादमा जुटेका हुन्। बैठकमा घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको प्रस्तावप्रति पुनर्विचार आवश्यक रहेको धारणा राखेका थिए।
घिसिङले पार्टीको अस्तित्वको विषय उठाउँदै पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पद सबै त्यागेर एकतामा जान नसकिने स्पष्ट पारेको स्रोतले जनाएको छ। उनका यी अभिव्यक्तिलाई पछिल्लो राजनीतिक बहससँग जोडेर हेरिएको छ।
मेयर शाह र मन्त्री घिसिङबीच आजै बिहान पनि भेटवार्ता भएको थियो। बारम्बार भइरहेको भेटघाटले दुवैबीच संवादको प्रयास तीव्र बनेको संकेत गरेको छ। यस संवादले आगामी दिनमा कस्तो राजनीतिक सन्देश दिने हो भन्ने विषयलाई लिएर चासो बढेको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?



























प्रतिक्रिया