लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
राजनीति०९ माघ, २०८२

जेन्जी युवाको नेतृत्व गर्दै दाङ जिल्लाकै कान्छो उम्मेदवार इन्जिनियर प्रतीक अधिकारी

By आगो संवाददाता

जेन्जी युवाको नेतृत्व गर्दै दाङ जिल्लाकै कान्छो उम्मेदवार  इन्जिनियर प्रतीक अधिकारी

चैत १२, २०५५ मा दाङ जिल्लाको तुलसीपुर-१९, बिजौरीमा जन्मिनु भएको प्रतीक अधिकारी एक उदाउदा युवा राजनीतिज्ञ तथा समाजसेवी पनि हुनुहुन्छ । उँहाले सिभिल इन्जिनियरिङमा स्नातक उपाधि हासिल गर्नुभएको छ अनि विगत ७ वर्षदेखि देशको पूर्वाधार विकासका लागि सक्रिय हुनुहुन्छ।

यसअघि उहाँले करिब १४ वर्ष विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नु भएको उहाँले अहिले राष्ट्रलाई परिवर्तन गर्ने अनि सही दिशा प्रदान गर्ने स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ प्रलोपामा प्रवेश गरेर दाङ-२ बाट उम्मेदवारी दिनु भएको छ।

सामाजिक विकासमा काम गर्नु, सुशासनको स्थापना गर्नु, भ्रष्टाचार अन्त्य गर्नु तथा शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गरी प्रत्येक नागरिकलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु लाई उहाँले प्रमुख लक्ष्य बनाउनु भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर