लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
मनोरञ्जन०८ पौष, २०८२

बल्छी धुर्बेको "गोबर गणेश" टाइटल गीत सार्वजनिक

By आगो संवाददाता

बल्छी धुर्बेको "गोबर गणेश" टाइटल गीत सार्वजनिक

नेपाली बहुचर्चित टेलिशृंखला मेरी बास्सैबाट उदाएका कलाकार बल्छी धुर्बे (मरिचमान श्रेष्ठ) ले निर्देशन तथा मुख्य भूमिका निर्वाह गरेको चलचित्र “गोबर गणेश” को टाइटल गीत आज युट्युब तथा विभिन्न अडियो प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ। गीतमा शब्द, संगीत तथा संगीत संयोजन बाबुल गिरीको रहेको छ भने स्वर मरिचमान श्रेष्ठ आफैंले भरेका छन्। गीतको नृत्य निर्देशन गम्भीर बिष्टले गरेका छन्। गीतको भिडियो छायांकन संकल्प भुजेलले गरेका हुन् भने सम्पादन सन्दीप डाँगीले गरेका छन्।
चलचित्र “गोबर गणेश” यही माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने सम्पादन बिपिन मल्लले गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर