लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
खेलकुद०५ माघ, २०८२

आयोजक मोरक्कोलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स

By आगो संवाददाता

आयोजक मोरक्कोलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स

मोरक्कोलाई हराउँदै सेनेगलले दोस्रो पटक 'अफ्रिका कप अफ नेसन्स' को उपाधि जितेको छ।

तर, फाइनल खेलको अन्त्यतिर भएको विवादले यो जितलाई छायाँमा पारिदियो। खेलको अतिरिक्त समयमा मोरक्कोले पेनाल्टी पाएपछि असन्तुष्ट बनेका सेनेगलका खेलाडीहरूले केही समय खेल्न अस्वीकार गर्दै मैदान छाडेका थिए।

खेल निर्धारित समयसम्म ०-० को बराबरीमा थियो। ९८औँ मिनेटमा रेफ्री जीन ज्याक एनडालाले भिडियो असिस्टेन्ट रेफ्री को सल्लाहमा मोरक्कोलाई पेनाल्टी दिए। सेनेगलका डिफेन्डरले मोरक्कोका खेलाडी ब्राहिम डियाजलाई लडाएको भन्दै उक्त निर्णय गरिएको थियो।

यसअघि नै सेनेगलको एउटा गोललाई रेफ्रीले मान्यता नदिएका कारण प्रशिक्षक पप थियाव निकै रिसाएका थिए। पेनाल्टीको निर्णयपछि झनै आक्रोशित बनेका उनले आफ्ना खेलाडीहरूलाई मैदान बाहिर जान निर्देशन दिए।

सेनेगलका चर्चित खेलाडी साडियो मानेले भने मैदान छाडेनन्। उनले आफ्ना साथीहरूलाई सम्झाउँदै खेल पूरा गर्न आग्रह गरे। करिब १७ मिनेटको अन्योलपछि सेनेगलका खेलाडीहरू मैदानमा फर्किए।

मोरक्कोका ब्राहिम डियाजले पेनाल्टी प्रहार गरे, तर उनको फितलो प्रहारलाई सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले सजिलै समाते। त्यसलगत्तै निर्धारित समयको खेल सकियो।

अतिरिक्त समयको चौथो मिनेटमा सेनेगलका मिडफिल्डर पापे गुयले गोल गरे। त्यही गोल नै सेनेगललाई उपाधि दिलाउन निर्णायक बन्यो। सेनेगलले पछिल्लो पाँच वर्षमा दोस्रो पटक यो प्रतिष्ठित उपाधि जितेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर