लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
खेलकुद०८ पौष, २०८२

नयाँ प्रशिक्षकको आगमनले उत्साहित महिला क्रिकेट टिम, विश्वकप खेल्ने लक्ष्य

By आगो संवाददाता

नयाँ प्रशिक्षकको आगमनले उत्साहित महिला क्रिकेट टिम, विश्वकप खेल्ने लक्ष्य

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्न लागेको नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त छ । टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ ।

पहिलोपटक एसिया क्षत्रेको छनोट चरण पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली टोली अब पहिलोपटक महिला टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।

नेपालको पुरुष क्रिकेट टोलीले करिब दुई महिनापछि भारतमा टी-२० विश्वकप खेल्न जाँदैछ । साथै नेपालको महिला क्रिकेट टोली पनि घरेलु मैदानमै हुने महिला टी२० विश्वकप ग्लोबल छनोटको तयारीमा छ । अहिले धेरैको नजर महिला क्रिकेटतर्फ पनि छ ।

छनोटअघि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ मुख्य प्रशिक्षक पनि नियुक्त गरेको छ । भारतीय मूलका प्रशिक्षक हर्षल जयन्त पाठक नेपाली टोलीको मुख्य प्रशिक्षक भएर आएका छन् ।

क्यानका क्रिकेट अपरेसन म्यानेजर विनोद दासका अनुसार पाठकलाई हाललाई २ वर्षको लागि नियुक्त गरिएको हो । पाठकले यसअघि थाइल्यान्डको महिला क्रिकेट टोलीलाई लामो समय प्रशिक्षण दिएका छन् । उनकै प्रशिक्षणमा थाइल्यान्डले पहिलोपटक महिला टी-२० विश्वकप खेलेको थियो ।


यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर